Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

पहिलो त्रैमासिकमा इसीडी शिक्षकको तलब रू १८,५००, लेखापालको रू २१,५००, विद्यालय सहयोगीको १६,००० र गृहिणी विद्यालय सहजकर्ताको रू१९,२०० हुने

पहिलो त्रैमासिकमा इसीडी शिक्षकको तलब रू १८,५००, लेखापालको रू २१,५००, विद्यालय सहयोगीको १६,००० र गृहिणी विद्यालय सहजकर्ताको रू१९,२०० हुने

  • 26.1K
    SHARES
  • पहिलो त्रैमासिकमा इसीडी शिक्षकको तलब रू १८,५००, लेखापालको रू २१,५००, विद्यालय सहयोगीको १६,००० र गृहिणी विद्यालय सहजकर्ताको रू१९,२०० हुने

    काठमाडौं । दाङको राप्ति गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई मासिक रू ८ हजार ५ सय दिने भएको छ ।

    images

    संघीय सरकारले पठाएको रू दश हजारमा गाउँपालिकाले ८ हजार ५ सय थपेको हो । अब राप्ति गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकले मासिक रू १८ हजार ५ सय रूपैयाँ तलब पाउने गाउँपालिकाले जनाएको छ ।

    गाउँपालिकाका सबै सामुदायिक विद्यालयलाई सोमबार निर्देशन दिँदै गाउँपालिकाले भनेको छ,‘आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक बालविकास सहजकर्ता तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) संघीय सरकारतर्फ मासिक रू १०,००० र गाउँपालिकातर्फ रू ८,५०० ।’

    त्यसैगरी गाउँपालिकाले विद्यालय कर्मचारीलाई ८ हजार रूपैयाँ दिएको जनाएको छ । संघीय सरकारले लेखापाललाई रू १३, ५०० र विद्यालय सहयोगीलाई रू ८ हजार दिएको छ ।

    अब गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत लेखापाल र सहयोगीले प्रत्येक महिना क्रमशः रू २१,५०० र १६,००० पाउँछन् ।

    गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकमा गृहिणी विद्यालय सहजकर्ताहरूका लागि तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) ११,००० छुट्याएकाे छ । संघीय सरकारतर्फ रू ८,२०० प्राप्त हुन्छ । उनीहरूले प्रत्येक महिना १९,२०० रूपैयाँ पाउने गाउँपालिकाको भनाइ छ ।

    गाउँपालिकाका शाखा अधिकृत विश्वास वि.क.ले आ.व. २०७९/८० को पहिलो त्रैमासिक शिक्षक तलबभत्ता (साउन, भाद्र र असोज तथा चाडपर्व खर्च) स्वीकृत दरबन्दी राहत अनुदान प्राविधिकधारतर्फ संघीय सरकारबाट २०७९ साउन १ गतेदेखि लागु हुने गरि तोकिएको तलब तथा ग्रेडलाई आधार मानी तलबभत्ताका लागि यहि भदौ २० गतेभित्र माग फाराम पेश गर्न गाउँपालिकाअन्तर्गतका विद्यालयलाई निर्देशन दिएका छन् ।

    विद्यालय कर्मचारीको आन्दोलन ७औं दिनमा विद्यालय कर्मचारीको आन्दोलन ७औं दिनमा

    यस्ता माग राखेर सरकारविरुद्ध आन्दोलनमा होमियो विद्यालय कर्मचारी परिषद् यस्ता माग राखेर सरकारविरुद्ध आन्दोलनमा होमियो विद्यालय कर्मचारी परिषद्

    विद्यालय कर्मचारीको आन्दोलनलाई कस–कसले दिए साथ ? [सूची] विद्यालय कर्मचारीको आन्दोलनलाई कस–कसले दिए साथ ? [सूची]

    निर्देशन यस्ताे छ

    299675263_450394360462348_1290465021452087306_n.jpg
     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology