वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण भएका संरचनामा डोजर चलाएपछि कलाकार दीपकराज गिरिले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई सम्झिएका छन् ।
गिरिले बुधबार फेसबुकमा स्टाटस लेखेर मेयर बालेन साहको प्रशंसा गर्दै बाबुरामलाई सम्झिएका हुन् ।
राजनीतिक आडमा रहेर काम नगर्ने मेयरहरूलाई गिरिले व्यंग्य गरेका छन् । उनले लेखेका छन्,‘बालेन जे गर्दैछन्, बाबुरामले जे गरे भोट घट्ला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरूलाई छुन समेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ?’
प्रधानमन्त्री हुँदा डा.भट्टराईले काठमाडौंमा अवैध संरचना भत्काउन डोजर चलाएका थिए । बाबुरामकै हिम्मतका कारण काठमाडौंका सडक फराकिलो बनेका छन् ।
काठमाडौं प्लाजा अगाडिका अवैध संरचना महानगरले भत्कायो [फोटोहरू]
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij