वेबटिभी खबर
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-७ की दश वर्षीया बालिका सन्ध्या सुनार महाकाली नदीमा बेपत्ता भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दोधारा चाँदनी-९ ढकनाघाटस्थित ठूलोबुबाको घरमा गएको बेला दिदीसित नुहाउने क्रममा बालिका नदीमा बेपत्ता भएकी हुन् ।
प्रहरी निरीक्षक भरत गिरीले बालिकाको खोजीमा इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र सशस्त्र प्रहरी बलको टोली महाकालीमा खटिएको जानकारी दिए ।
‘बालिकाको खोजीमा सुरक्षाकर्मी र स्थानीय पनि खटिएका छन् ।’ उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij