वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेसपाकाे चुनावी घोषणापत्र बनाउन लागिएको भन्दै देश विदेशबाट सल्लाहसुझाव मागेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्,‘नेपाल समाजवादी पार्टीको चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र कस्तो हुनुपर्ला ? आफ्ना सुझाव इमेलमार्फत पठाउनुहुन सबैसँग हार्दिक अनुरोध ।’
नेसपाले डा.बाबुराम भट्टराई, एमपी रिजाल, नहेन्द्र प्रधान, जनकराज शाह, दुर्गा न्यौपाने, गजाधर सुनार र जगदेव चौधरी सहितको मस्यौदा समिति गठन गरेको छ ।
सल्लाहसुझाव brb.1954@gmail.com मा पठाउन सकिने डा.भट्टराईकाे भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij