Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बालेनलाई रामकुमारी झाँक्रीले भनिन्– म सधैं तपाईंको साथमा छु

बालेनलाई रामकुमारी झाँक्रीले भनिन्– म सधैं तपाईंको साथमा छु

  • 508
    SHARES
  • बालेनलाई रामकुमारी झाँक्रीले भनिन्– म सधैं तपाईंको साथमा छु

    काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अवैध संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन साहको कदममा समर्थन जनाएकी छन् ।

    सामाजिक सञ्जालमा लेख्दै झाँक्रीले अब सबै अवैध संरचना र अतिक्रमणहरू हटाउनुपर्ने बताएकी छिन् । आफूले नदी अतिक्रमण गरेर बनेका संरचना हटाउन दबाव झेल्नु परेको उल्लेख गर्दै झाँक्रीले बालेनलाई भने राजनीतिक दबाव झेल्नुपर्ने अवस्था नरहेको बताएकी छिन् ।

    ‘यसपछि अब पालो हुनेछ उपत्यकाका नदी किनारका अतिक्रमण हटाउने । मैले बाग्मती करिडोरका ४१ वटा अतिक्रमित संरचना हटाई सकेको थिएँ । निर्वाचन आएको छ यसले नगरौं भन्ने दबाव आयो र स्थगन गर्नुपर्‍यो,’ झाँक्रीले सामाजिक सञ्चालमा भनेकी छिन्, ’स्थानीय चुनावपछि २०७९ जेठ २ गतेबाट फेरि हटाउन सुरु भएको थियो । मेरो कार्यकाल लामो रहेन । मेयर बालेनजी र मैले केही योजना बनाएका थियौं । सुकुम्बासीको नाममा अतिक्रमण भएका स्थानहरूलाई खाली गर्ने कामको पनि केही योजना बनेको छ । मलाई जस्तो दलीय दबाव मेयर बालेनजीलाई हुँदैन ।’

    इमान्दार प्रयास सफल हुने उल्लेख गर्दै झाँक्रीले भनेकी छिन्, ‘म सधैं तपाईंको साथमा छु, तपाईंको पछाडि छु । यसलाई जारी राख्नोस् ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij