वेबटिभी खबर
काठमाडौं । गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मदरहवा गाउँमा एक जनाको मृत्यु भएको छ ।
अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको मृत्यु भएको हो ।
गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij