Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रविधिको सही उपयोग गर्न सके कोभिड-१९ जस्ता महामारीविरुद्ध लड्न सकिन्छः शिक्षामन्त्री

प्रविधिको सही उपयोग गर्न सके कोभिड-१९ जस्ता महामारीविरुद्ध लड्न सकिन्छः शिक्षामन्त्री

  • फाल्गुण १४, २०७७ शुक्रवार १०:०० बजे
  • 943
    SHARES
  • प्रविधिको सही उपयोग गर्न सके कोभिड-१९ जस्ता महामारीविरुद्ध लड्न सकिन्छः शिक्षामन्त्री

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले विज्ञान सम्बन्धी चेतना बढाउन र प्रविधिको  सही उपयोग गर्न सके कोभिड-१९ र त्यस्ता ठूला महामारीविरुद्धको लड्न सफल हुने बताएका छन् । उनले कोभिड-१९ महामारीमा नेपाली वैज्ञानिकले गरेको योगदानलाई सरकारले कहिल्यै भुल्न नसकेको स्पष्ट पारे । 

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नाष्टका १८ वैज्ञानिकको प्रस्ताव छनौट गरी प्रविधि विकास गर्न दिएको अनुदान र ती प्रस्ताव अनुसार प्रविधि विकास गरी सोही प्रविधिको माध्यमबाट कोभिड–१९ नियन्त्रण गर्न महत्वपूर्ण भुमिका खेलेको बताए । 

    विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति-२०७६ को कार्ययोजना तयारी गोष्ठीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको २१ औ सताब्दीमा विज्ञान र प्रविधिको विकास अपरिहार्य रहेको उल्लेख गरे । 

    गोष्ठीमा बोल्दै शिक्षा सचिव रमप्रसाद थपलियाले हजारभन्दा बढी सरोकारवाला निकाय, वैज्ञानिक लगायतसंग छलफल गरी तयार भएको कार्यान्वयन योजनालाई लागु गर्न सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गरे । 

    विज्ञान सचिव डा.सञ्जय शर्माले वर्तमान समयमा विकासको परिभाषा विज्ञान बाहेक अरू हुन नसक्ने बताए ।उनले यो कार्यशालाबाट प्राप्त भएको सुझावलाई मन्त्रीमार्फत मन्त्री परिषदमा पेश गर्ने जानकारी दिए । कार्यशाला गोष्ठी आज पनि जारी छ । 

  • सम्बन्धित विषय:

  • # कृष्णगोपाल श्रेष्ठ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij