Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बस्ती बसेको बीस वर्षपछि बिजुली

बस्ती बसेको बीस वर्षपछि बिजुली

  • 366
    SHARES
  • बस्ती बसेको बीस वर्षपछि बिजुली

    कैलाली । कैलालीको गोदावरी नगरपालिका-३ दक्षिण कटान टोलमा बस्ती बसेको २० वर्षपछि बिजुली बलेको छ । नगरपालिकाको पहलमा दक्षिण कटान टोलमा २० वर्षपछि बिजुली बलेको हो ।

    दक्षिण कटान टोलमा पहिलो पटक बत्ती बलेपछि अँध्यारोमा बस्न बाध्य भएका त्यस टोलका बासिन्दा खुसी भएका छन् । खोलाको किनारमा रहेको सो टोलमा भूमिहीन सुकुम्बासी बस्दै आएका छन् ।

    बीस वर्षदेखि नै अँध्यारोमा बस्न बाध्य हुँदै आएका अहिले बिजुली बत्ती बलेपछि टोलमा खुसीयाली छाएको मातादेवी नेपालीले बताइन् । यसअघि बिजुली नहुँदा गर्मीको समयमा आँगनमा सुत्नुपर्ने बाध्यता रहेकोमा अहिले सो बाध्यता हटेको उनले बताइन् ।

    ‘बत्ती नहुँदा बर्खायाममा रातिको समयमा सर्प, बिच्छीको डर थियो’, उनले भने, ‘बिजुली आएसँगै त्यो समस्या समाधान भएको छ, ढुक्कसँग बिजुली बाल्न पाएका छौँ र घरभित्र सुत्न पाएका छौँ ।’

    यसअघि पटक-पटक बिजली बत्तीका लागि सम्बन्धित निकायमा धाउँदा पनि मागको सुनुवाइ नभएको स्थानीयको भनाइ छ । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका सो टोलवासीले पहिलोपटक बत्ती बाल्न पाएको उनको भनाइ छ ।

    नगरप्रमुख वीरेन्द्र भट्टले चुनावी अभियानका क्रममा बोलेका बाचाहरू आफूले पूरा गरेको बताए । लामो समयदेखि अन्धकारमा बस्न बाध्य भएका टोलवासीले नगरपालिकाको पहलमा बिजुली बत्ती बाल्न पाएको उनले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij