Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फ निर्वाचन लड्न अवसर दिन डा.संग्राैलाकाे माग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फ निर्वाचन लड्न अवसर दिन डा.संग्राैलाकाे माग

  • 1.3K
    SHARES
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फ निर्वाचन लड्न अवसर दिन डा.संग्राैलाकाे माग

    काठमाडौं । नेपाली कांग्रेसकी नेता तथा सांसद डा.डिला संग्रौलाले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फ निर्वाचन लड्न अवसर दिन सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गरेकी छिन् ।

    आज सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सो आग्रह गरेकी हुन् ।

    उनले भनिन्, ‘आउँदो मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेशसभाको निर्वाचनमा बढीभन्दा बढी महिलालाई प्रत्यक्षतर्फ चुनाव लड्ने अवसर प्रदान गर्न सबै राजनीतिक दलका नेतृत्वलाई आग्रह गर्दछु ।’

    उनले २१औं शताब्दीमा नेपाली महिला प्रत्यक्ष चुनाव लड्न तत्पर रहेको बताउँदै घर चलाउन मात्रै नभई देश चलाउन पनि सक्षम रहेको डा.संग्रौलाले भनिन् ।

    महिला नेताहरूलाई नेतृत्वले कम आँक्न नहुने उनको भनाइ छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij