Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

समयसँगै बदलिँदो तीज [फाेटाेहरू पनि]

समयसँगै बदलिँदो तीज [फाेटाेहरू पनि]

  • 547
    SHARES
  • समयसँगै बदलिँदो तीज [फाेटाेहरू पनि]

    रूपन्देही । ‘जेलैमा हो जेलैमा..., चरी जेलैमा..., मै छोरी रूँदैरूँदै बेँसी मेलैमा...’ विष्णु माझीको स्वर रहेको यो तीज गीत यहाँका होटल र पार्टी प्यालेसमा निकै घन्कियो । निकै चर्चामा रहेको यो गीतमा पछिल्लो एक महिना बजारका पार्टी प्यालेसमा नाच्ने र रमाउनेको सङ्ख्या उल्लेख्य थियो । घरसँगै कार्यालयको पनि जिम्मेवारी भएका महिला यस्ता कार्यक्रममा देखिए ।

    तीज आउनु एक महिना अघिदेखि नै बुटवल र भैरहवाका होटल तथा पार्टी प्यालेस कार्यक्रमका लागि बुकिङ भएका थिए । सरकारी र गैरसरकारी संघ संस्थाले पनि संस्थागतरूपमै तीज कार्यक्रमको आयोजना गरे ।

    बजारका साँघुरा घरमा जमघट हुन साह्रै गाह्रो हुने भएकाले पनि होटल र पार्टी प्यालेसमा तीज मनाउने क्रम बढेको हो भन्छिन् बुटवल लक्ष्मी नगरकी माया पाठक ।

    CKK-KTM-TeejPoojab.jpg

    ‘अहिले महिला घरको काम गरेर अफिस पनि जानुपर्ने हुन्छ । यस्तो अवस्थामा घरमा चेलिबेटी बोलाएर समय दिन पनि गाह्रो । घरको काम गर्ने की नाच्नेगाउने, अब त पार्टी प्यालेस जानुको विकल्प छैन । यसलाई नराम्रो मान्न हुँदैन,’ उनले भनिन् । सभ्य तरिकाले जहाँ बसेर पनि चाड मनाउन मिल्ने उनको बुझाइ छ ।

    तीजमा माइती पक्षले चेलीलाई माइत बोलाउँछन् । माइती नहुनेका दिदीबहिनीलाई मावली र आफन्तले बोलाउने गर्छन् । चेलीबेटी बोलाउने र खुवाउनेक्रम जनै पुर्णिमादेखि सुरु हुन्छ । 

    sr_rampur_teej (1).jpg

    नाचगानको क्रम भने साउने सङ्क्रान्तिबाटै सुरु हुन्छ । त्यसपछि नागपञ्चमी, जनैपूर्णिमा र कृष्ण जन्माष्टमीमा पनि नाचगान गर्ने परम्परा छ । कृष्ण जन्माष्टमीको अघिल्लो दिन पनि चेलीबेटीलाई माइती पक्ष तथा आफन्तले बोलाउने र दर खाने चलन छ ।

    विशेष गरी हरितालिका तीजमा चेलीबेटीको जमघट हुन्छ । पहिले पहिले चेलीबेटी जम्मा भएर आफना पीर, व्यथा र बेदना गीतको माध्यमबाट व्यक्त गर्ने परम्परा रहे पनि अहिले भने बजारमा कलाकारले ल्याएका गीत बजाएरै नाच्ने क्रम बढ्दै गएको छ ।

    teej mela.jpg
     

    ‘अहिले बसेर नाच्ने गाउने भन्ने चलन हराइसक्यो । कसले गीत निकाल्नु कसले मादल बजाउनु ? सबैलाई नआउने भएकाले गीत बजाएरै नाच्छौँ । मन परेका गीत बजायो नाच्यो । यही नै सजिलो लाग्न थाल्यो’, बुटवल जितगढीकी गीता आाचार्य भन्छिन् ।  

    Pro_Ktmteej_pashupati(2)d.jpg
     

    वास्तवमा जन्मघर छोडेर माइतीमा जम्मा भएका चेलीले आफनो सुख दुःख गीतबाटै व्यक्त गर्ने रमाइलो पर्व हरितालिका तीज हो ।

    जन्मघर छोडेर कर्मघर जाँदाको अनुभव तथा माइतीप्रति गुनासा तथा अपेक्षा गीतबाटै प्रस्तुत गरिन्थ्यो । तर अहिले पूराना भाका सुनिन छाडेका छन् ।

    पूराना आँगन चौताराको ठाउँ पार्टी प्यालेसले लिएपछि पूराना भाका पनि नयाँ गीत र रचनामा बदलिएका छन् भन्छिन् प्राध्यापक इन्दिरा आचार्य ।  

    ‘पहिले तीजमा गाइने गीतले चेलीका भावाना र वेदनालाई समेटेका हुन्थे । माइतीप्रति चेलीको बिलौना र पीडालाई समेटेका हुन्थे । तीजका गीतले महिलामाथिको अन्याय अत्याचारका पीडालाई यसरी समेटेका हुन्थे । अबका दिनमा पनि तीजलाई अधिकारमुखी आन्दोलनसँग जोडेर लैजानुपर्छ’, आचार्य भन्छिन् ।

    तीज नेपाली महिलाको महत्त्वपूर्ण पर्व हो । विशेष गरी हिन्दु महिलाका माझ प्राचीन कालदेखि नै लोकप्रिय रहेको तीज पर्व पछिल्लो समयमा सबै जाती र वर्गमा पनि प्रसिद्ध बनेको छ ।

    Pro_Ktmteej_pashupati(4)i.jpg
     

    सबै चेली जम्मा भएर सुखदुःख साटासाट गर्ने यो पर्व महिलाका लागि रमाइलो चाड हो । पछिल्लो समयमा तीज आधुनिकतातर्फ गए पनि यसको मौलिक संस्कृति विर्सन हुँदैन भन्छन् धर्मगुरू जनार्दन न्यौपाने ।

    ‘अधुनिकताका नाममा हाम्रो धर्म, संस्कृति र परम्परा विर्सनुहुँदैन । मौलिक संस्कृतिको रक्षा गर्नुपर्छ’, उनी भन्छन् ।

    हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन लामो समय निराहार व्रत बसिन् ।

    यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेका हुन् ।

    Pro_Ktmteej_pashupati(1)c (1).jpg
     

    संस्कृत शब्दको तृतीयाबाट बोलिचालीको भाषामा तीज हुन गएको हो । तीजलाई हरितालिका पनि भनिन्छ । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ ।

    भाद्र शुक्ल तृतीयाको दिन पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका खुसिले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो । शिव पार्वतीको यसै दिन विवाह भएका कारण तीजलाई प्रणय दिवसका रूपमा लिइने संस्कृतिविद् राजेन्द्र आचार्य बताउँछन् ।

    Pro_Ktmteej_pashupati(8)b (1).jpg
     

    हिन्दु कथामा आधारित तीज अहिले पर्वका रूपमा विकसित भएको छ । पार्वतीको सिको गर्दै आफूले रोजेको वा असल पति पाउन विवाह नभएका महिला व्रत बस्न थाले । आफ्ना पतिको दीर्घायुका लागि विवाहीत महिला व्रत बस्ने गर्छन् । तीजको सम्बन्ध माइतीपक्ष र गीतसँग गाँसिएको छ ।

  • सम्बन्धित विषय:

  • # समय
  • # तीज

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij