Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दुई प्रश्नको जवाफ दिएर फर्किए चोलेन्द्र

दुई प्रश्नको जवाफ दिएर फर्किए चोलेन्द्र

  • 414
    SHARES
  • दुई प्रश्नको जवाफ दिएर फर्किए चोलेन्द्र

    फाइल तस्बिर

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीबार दुईवटा मात्र प्रश्नको जवाफ दिएर फर्किएका छन् । याेसँगै उनकाे दोस्रो दिनको बयान सकिएको छ । उनलाई आज ११ बजे महाअभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरबारमा बोलाएको थियो ।

    समितिका सदस्यहरूले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । समितिले १९ भदौ बिहान ११ बजे उनलाई बयानका लागि बोलाएको छ ।

    बुधबारबाट उनको बयान सुरु गरिएको हो । गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाअभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

    प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । बयानका क्रममा उनले महाअभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij