वेबटिभी खबर
नयाँ दिल्ली । बलिउडकी चर्चित नायिका कंगना रनावत कोरोना संक्रमित भएकी छिन् ।
सामाजिक सञ्जालमा उनले आफू कोरोना संक्रमित भएको रिपोर्ट शनिबार आएको जानकारी दिँदै ध्यान गरिरहेको तस्बिर पोष्ट गरेकी छिन् ।
‘केही दिनयता थकान र कमजोरी महसुस गरिरहेको थिएँ,’ उनले लेखेकी छिन्, ‘हिमान्चल जाने तयारीमा थिएँ त्यसेले कोरोना टेष्ट गराउँदा पोजिटिभ रिपोर्ट आयो ।’ उनले अहिले आफु क्वारेन्टिनमा रहेको बताएकी छिन् ।
‘शरीरभित्र पसेर यो भाइरसले पार्टी गरिरहेको मलाई थाहै थिएन,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘अब थाहा भयो, यो भाइरसलाई म ध्वस्त गरिदिन्छु ।’
उनले संक्रमण हुँदैमा हतास हुन नहुने पनि उल्लेख गरेकी छिन् । आफूमाथि कुनै शक्तिलाई हावी हुन नदिन अपिल गर्दै उनले डराउनेलाई यो भाइरसले तर्साउने बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘कोरोना केही होइन, यो छोटो अवधिको फ्लु हो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij