Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

भूमि आयोग पर्साद्वारा लगत संकलनको काम जारी

भूमि आयोग पर्साद्वारा लगत संकलनको काम जारी

  • 477
    SHARES
  • भूमि आयोग पर्साद्वारा लगत संकलनको काम जारी

    पर्सा । राष्ट्रिय भूमि आयोगले पर्साका १४ वटै पालिकामा आफ्नो काम अघि बढाएको छ ।

    यसअघिका आयोगले छाडेको अधुरो काम अघि बढाउन सबै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जानकारी दिए ।

    पर्सामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्न विभिन्न तीन चरणमा १४ वटै पालिका र राष्ट्रिय भूमि आयोगसँग यसअघि सम्झौता गरिसकिएको थियो ।

    सोहीअनुसार पर्साको ठोरी गाउँपालिकामा लगत संकलनको काम पुरा भइसकेको र बाँकी १३ वटै पालिकामा लगत संकलनको काम जारी रहेको भूमि आयोगका सदस्य सचिव एवम् प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए ।

    त्यसअनुसार अन्य सबै पालिकामा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले लगत फाराम भर्ने गरेका छन् ।

    सरकारले दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीमध्ये दलित समुदायलाई निःशुल्क र भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई मालपोत निर्धारण मुल्यको आठदेखि दुई सय प्रतिशत राजश्वबापतको रकम लिएर जग्गा धनी पुर्जा उपलब्ध गराउने योजना अघि बढाइएको श्रेष्ठले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij