Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हात्तीकाे आक्रमणबाट पाँच घर भत्किए

हात्तीकाे आक्रमणबाट पाँच घर भत्किए

  • 333
    SHARES
  • हात्तीकाे आक्रमणबाट पाँच घर भत्किए

    महोत्तरी । जंगली हात्तीकाे आक्रमणबाट महोत्तरीको बर्दिबास नगरपालिकाभित्र पाँच वटा घर भत्किएका छन् । हात्तीले बर्दिबास-८ मा चार र वडा नं-१० मा एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए ।

    उपरीक्षकका अनुसार रातीको समयमा जंगलबाट आएका हात्तीको झुन्डले जितबहादुर योञ्जन, सोमबहादुर तामाङ, बुद्धिमान सिग्देल र जयकिसुन महतोको घर भत्काएको थियो ।

    अँध्यारोको बेला अचानक आएका हात्तीले एकाएक घर भत्काउन थालेपछि गाउँभरि हो-हल्ला भएको र घरधनीहरूले घर छाडेर भागेका थिए । हात्तीको उपद्रवबाट घरभित्रका सबै सामान नष्ट भएको छ भने हात्तीको आक्रमणबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij