Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डा.कोइराला भन्छन्– गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस्

डा.कोइराला भन्छन्– गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस्

  • 335
    SHARES
  • डा.कोइराला भन्छन्– गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस्

    धनुषा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन् ।

    नेपाल प्रेस युनियनद्वारा १०९औं बीपी जयन्तीका अवसरमा जनकपुरधाममा आज आयोजित बीपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा.कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए ।

    नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र सिद्धान्त नमिल्ने दलहरुसँग गठबन्धन भएको भन्दै गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताए ।

    एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे । नेता डा.कोइरालाले भने, ‘यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।’

    कांग्रेसमा उम्मेदवारका आकांक्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उहाँको तर्क थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij