Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

चामल बिकाउन सकेनौं : शिक्षामन्त्री पौडेल 

चामल बिकाउन सकेनौं : शिक्षामन्त्री पौडेल 

  • 1.3K
    SHARES
  • चामल बिकाउन सकेनौं : शिक्षामन्त्री पौडेल 

    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र पार्टीप्रति जनताले धेरै आशा गरेको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्की समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले माओवादीप्रति जनताको आशा धेरै रहेको बताएका हुन् ।

    ‘जनयुद्धमा जनतालाई जुन सपना देखाएका थियौं, त्यसमा माओवादी टुटफुट र विभाजन हुँदा मुद्दा कमजोर हुने अवस्था आयो,’ उनले भने, ‘पार्टी कमजोर भएपनि माओवादीप्रति जनताले धेरै आशा गरेका छन् ।’

    मन्त्री पौडेलले संघीयता, धर्मनिरपेक्षता, संविधानबाट संविधान जस्ता उपलब्धि माओवादीले ल्याएको बताउँदै प्रचार नगर्दा अर्केले फाइदा उठाएको बताए ।

    ‘अहिलेको व्यवस्थामा माओवादीहरूले गर्व गर्नुपर्छ किनकी नेपाल अहिले जुन राजनीतिक कोर्समा अगाडि बढेको छ, त्यो माओवादीकै लाइनमा छ,’ उनले भने, ‘संविधानसभाबाट संविधान, संघीयता, गणतन्त्र माओवादीका उपलब्धि हुन् । माओवादीको बाटोमा अरू सबै दल आएका हुन् । यति थुपै उपलब्धि प्राप्त गर्दा पनि माओवादीले प्रचार गर्न जानेन । अरूले पिठा बिकाए, हामीले चामल बिकाउन सकेनौं ।’

    मन्त्री पौडेलले माओवादीले ल्याएको एजेन्डालाई संस्थागत गर्नको लागि माओवादी निकट पत्रकारले आक्रामक ढंगले प्रचार मोर्चामा लाग्न निर्देशन दिए ।

    उनले माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेकाले उपलब्धिलाई रक्षा गर्न हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij