Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

  • 405
    SHARES
  • ८० जनाको निःशुल्क स्वास्थ्य परीक्षण

    काठमाडौं । क्लिनिक वान भक्तपुर र चित्तपोल युवा समूहद्धारा जोरपाटी सूर्यविनायक-१० भक्तपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

    शिविरमा ब्लड प्रेसर तथा ब्लड सुगर परीक्षण, कान, नाक तथा घाँटीको जाँंच र महिला रोगसम्बन्धी सेवा उपलव्ध थियो ।

    शिविरमा स्त्रीरोग विशेषज्ञ डा.प्रियंका त्रिपाठी तथा कान, नाक तथा घाँटी रोग विशेषज्ञ डा.रूपक खड्काका साथै क्लिनिक वानका नर्स तथा अन्य स्वयमसेवकहरूले सेवा दिएका थिए ।

    शिविरमा जोरपाटी सूर्यविनायक बस्ने ८० भन्दा बढी स्थानीयले सेवा लिएका थिए । शिविरमा कान, नाक तथा घाँटी रोगको सेवा उपलब्ध गराएको विशेषज्ञ  डा.रूपक खड्काले बताए ।

    डा.खड्काका अनुसार शिविरमा आएका व्यक्तिहरूमा कानको जालीको समस्या देखिएको थियो ।

    शिविरमा सेवा लिन आएका अधिकंश महिलामा गुप्ताङ्गको संक्रमण देखिएको स्त्री रोग विशेषज्ञ डा.त्रिपाठीले बताइन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij