वेबटिभी खबर
काठमाडौं । गायिका तृतीय गुरुङको सालैजो ‘चौबन्दी चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका गुरुङको अफिसियल युट्युव च्यानल ‘तृतीया गुरुङ’मार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । देव पुनको शब्द र संगीत रहेको गीतमा गायिका गुरुङलाई ‘नेपाल आइडल सिजन फोर’ का विजेता भूपेन्द्र थापा मगरले साथ दिएका छन् ।
म्युजिक भिडियोको निर्देशन पनि गीतकार तथा संगीतकार देवले गरेका छन् । म्युजिक भिडियोमा मिनुज रानामगर, पिया गुरुङ, विक्रम लामा र मल्लिका गुरुङको अभिनय छ । गीतमा सीता राईको कोरियोग्राफी र सुजन कोइरालाको सम्पादन छ ।
हेर्नुहोस् भिडियो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij