वेबटिभी खबर
काठमाडौं । नविल बैंकले राष्ट्रिय वाल दिवशको अवसर पारेर नविल जेन अल्फा स्किम सार्वजनिक गरेको छ । नविल जेन अल्फाका ब्राण्ड एम्बासेडर समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल र बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितिमा जेन अल्फा स्किम सार्वजनिक गरिएको हो ।
‘नविल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरेर ल्याइएको डिजिटल एप हो । यस एपको माध्यमबाट अभिभावकहरुले आफ्ना बालबालिकाहरुका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । यस्तै, बालबालिकाहरुले अभिभावकले दिएको कार्य सम्पादन गरेपछि अंक कमाउन सक्छन् र त्यही अंक लिंक गरिएको बैंक दातामा पैसाको रुपमा बचत हुनेछ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij