Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थापना गरौँ

बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थापना गरौँ

  • 989
    SHARES
  • बेड र अक्सिजन अभावलाई यसरी व्यवस्थापना गरौँ

    काठमाडाैं । कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ । यस्तो विसम परिस्थितिमा कसरी व्यवस्थापन गर्ने ? यसबारे जनस्वास्थ्यविज्ञ डा.रवीन्द्र पाण्डेले यस्ता सुझाव दिएका छन् । 

    १. हरेक स्वास्थ्य संस्थामा अनिवार्य रुपमा ‘फिभर क्लिनिक’ संचालन गर्ने । हरेक नागरिकले पिसिआर पोजिटिभ आउने बित्तिकै नजिकको फिभर क्लिनिकमा जाने ।

    २. फिभर क्लिनिकमा बिरामीकाे प्राथमिकता छुट्याउने, अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आवश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने । उनीहरु र फिभर क्लिनिकबीच फोन संवाद जारी राख्ने, गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने, छातीको एक्सरे/ सिटी स्क्यानलगायतका परीक्षण गर्ने । निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने, गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने ।

    ३. यी ३ समूहमा जसलाई आइसियूको आवश्यकता पर्छ, उनीहरुलाई आइसियूमा राखेर उपचार गर्ने ।

    ४. हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसियूमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय/सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने । यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने । संक्रमितलाई यो विवरणअनुसार नजिकको अस्पतालमा व्यवस्थापन गर्ने ।

    ५. समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ । हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको व्यवस्था गर्ने, सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने/गराउने बाताबरण निर्माण गर्ने ।

    ६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने/गराउने, अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिबार्य गर्ने ।

    ७. संक्रमण नफैलिएका जिल्लाको औषधि, उपकरण र जनशक्तिलाई जीवनरक्षाको लागि आवश्यक अस्पतालमा एड्जस्ट गर्ने ।

    ८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले सके जति अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने वातावरणा निर्माण गर्ने ।

    ९. जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने, सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने ।

    १०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत (जस्तै ५० किलो चामल र ५ किलो दाल) उपलब्ध गराउने, राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने ।

    ११. यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ, मानवताको उच्च उदाहरण बनौं । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij