Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

  • 347
    SHARES
  • इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

    एजेन्सी । इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ ।

    हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ । सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

    आक्रमणमा  विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।

    सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पुर्याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पुर्याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij