Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बर्दियाका बस्ती डुबानमा

बर्दियाका बस्ती डुबानमा

  • 341
    SHARES
  • बर्दियाका बस्ती डुबानमा

    बर्दिया । अविरल वर्षाका कारण बर्दियाका विभिन्न नदी तथा खोलामा आएको बाढीले बस्ती ढुवानमा परेका छन् ।

    बुधबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाको राजापुर र ठाकुरबाबा नगरपालिकाअन्तर्गतका विभिन्न नदी तथा खोलानाला भरिएर बस्ती डुबानमा परेका हुन् ।

    जिल्लाको कर्णाली नदीमा पानीको बहाव बढेसँगै राजापुर-७ बाजुरोली टोलका ३०, ठाकुरबाबा नगरपालिका-७ र ५ का ३५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद बास्तोलाले जानकारी दिए ।

    नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन नदीमा माछामार्ने र काठ ओसार्ने काममा नजान आग्रह गरिएको प्रजिअ बास्तोलाले बताए ।

    बर्दियालगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भएपछि बबई नदीले खतराको तह पार गरेको छ । बबई नदीको चेपाङमा पानीको सतह ६.१३ मिटर पुगेको छ । ५.५० चेतावनी र ६.१० मिटरलाई खतराको तह मानिन्छ । बर्दियाको कर्णाली राजापुरमा २४ घण्टामा दुई सय ६७.४ मिलीमिटर वर्षा मापन गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij