Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नबिलले ल्यायो दसैँ तिहार घर कर्जा योजना

नबिलले ल्यायो दसैँ तिहार घर कर्जा योजना

  • 405
    SHARES
  • नबिलले ल्यायो दसैँ तिहार घर कर्जा योजना

    काठमाडौं । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाकाÞ’ नामक आवास कर्जा योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको छ । 

    यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्यांकनको ७० प्रतिशतसम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ ।

    ३५ वर्षसम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको बैंकले जनाएको छ ।

    Nabil Home Loan_PR.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij