Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महाकाली नदीमा पक्की पुल बन्ने

महाकाली नदीमा पक्की पुल बन्ने

  • 457
    SHARES
  • महाकाली नदीमा पक्की पुल बन्ने

    दार्चुला । दार्चुलाको महाकाली नदीमा मोटरेवल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका हुन् ।

    पुल शिलान्यास पछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल-भारत जोड्ने मोटरेवल पुलले विकासको ढोका खोल्ने बताए ।

    भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए ।

    ‘व्यापारिक एवम् नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो’, उनले भने, ‘अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन।’

    उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए । दार्चुलाको पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन् । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ । 

  • सम्बन्धित विषय:

  • # नदी
  • # पुल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij