Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बालविकास शिक्षक केन्द्रीय समितिले गर्‍याे यस्ता माग

बालविकास शिक्षक केन्द्रीय समितिले गर्‍याे यस्ता माग

  • 7.8K
    SHARES
  • बालविकास शिक्षक केन्द्रीय समितिले गर्‍याे यस्ता माग

    कृष्ण कुमारी थापा मगर,अध्यक्ष,नेपाल बालविकास शिक्षक केन्द्रीय समिति

    images

    काठमाडौं । नेपाल बालविकास शिक्षक केन्द्रीय समितिले इसीडी शिक्षकलाई अन्य शिक्षक सरह कै तलब र सेवासुविधा दिन माग गरेको छ ।

    आइतबार काठमाडौंमा आयोजित ‘वर्तमान अवस्थामा बालविकास शिक्षकका समस्या र समाधानका उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रमा उक्त विषय उठाइएको हो ।

    केन्द्रीय समितिले भन्यो, ‘एउटै छानामुनी समान रूपले काम गरे पनि राज्यले दिने असमान सेवा सुविधाको अन्त्य गरियोस् । बालविकास शिक्षकको ड्युटी समय अरू शिक्षककै जति हुने तर पारिश्रमिक चाहिँ हाम्रो अत्यन्त कम भएकोले कि त हामीलाई चार घण्टा मात्रै  तोकियोस् होइन भने प्रावि तह बराबरको तलब दिइयोस् ।’

    त्यसैगरी केन्द्रीय समितिले बालविकास शिक्षकलाई स्कीकृत दरबन्दीमा परिणत गरी आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने माग पनि गरेको छ । 

    आन्तरिक प्रतिस्पर्धाबाट स्थायी नहुने इसीडी शिक्षकको विगतमा स्थापित हाजिर अनुसार गोल्डेनह्याण्डसेकको व्यवस्था गर्न पनि माग गरिएको छ ।

    केन्द्रीय समितिले आन्तरिक प्रतिस्पर्धामा उमेरहदको व्यवस्था  हटाउन पनि माग गरेको छ । 

    बालविकास शिक्षकका यी विषयमा अन्तर्क्रिया बालविकास शिक्षकका यी विषयमा अन्तर्क्रिया

    काठमाडौंमा इसीडी शिक्षकको अन्तर्क्रिया कार्यक्रम [हेर्नुहोस् तस्बिरहरू]  काठमाडौंमा इसीडी शिक्षकको अन्तर्क्रिया कार्यक्रम [हेर्नुहोस् तस्बिरहरू] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology