Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरूद्ध विरोध प्रदर्शन

आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरूद्ध विरोध प्रदर्शन

  • 275
    SHARES
  • आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरूद्ध विरोध प्रदर्शन

    काठमाडौं । कर्णाली प्रदेश सरकारको आयुर्वेद स्वास्थ्य संस्था मर्ज गर्ने निर्णयविरूद्ध हुम्ला जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले विरोध प्रदर्शन गरेको छ ।

    images

    कर्णाली प्रर्देश सरकारले गत भदौ १९ गते स्वास्थ्य सेवा कार्यालयसँग पुनः मर्ज गर्ने निर्णय गरेपछि कर्णाली प्रदेशका १० वटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबाट असोज ७ गते विरोध प्रदर्शन  निकालिएको हो ।

    यसअघि २०७६/०७७ मा स्वास्थ्य सेवा कार्यालय र आयुर्वेद स्वास्थ्य केन्द्र मर्ज भएका थिए । तर आयुर्वेद स्वास्थ्य संस्थाका कर्मचारीले स्वास्थ्य सेवा कार्यालयसँग  मर्ज भएको चित्त बुझ्दो नठानेपछि उच्च अदालतमा रिट दायर भएको थियो ।

    उक्त रिट दायरपछि उच्च अदालतले कुनै पनि संस्थाहरु आ आफ्नो क्षेत्रधिकारबाट चल्न पाउने स्वतन्त्र अधिकार छ र यनिहरु छुट्टा छुट्टै भएर काम गर्न दिनु पर्ने भन्दै फैसला गरेपछि उक्त संस्थाहरु फरक फरक भएर काम गर्दै आएका थिए ।

    तर गत भदौ १९ गते पुनः प्रदेश सरकारको मर्ज हुने निर्णय प्रति आयुर्वेद स्वास्थ्य संस्थाको ध्याानार्कषण भएको छ । उक्त निर्णयको विरोध जनाउँदै शुक्रबार आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका कर्मचारीले एउटा हातमा कालो पट्टी बाधेर घोर विरोध प्रदर्शन गरेका हुन् ।

    यता आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाका प्रमुख कृष्ण चन्द जोशीले स्वास्थ्य जस्तो सम्वदेनशील  क्षेत्रलाई सँगै गास्नु सरकारको मुर्खता भएको दाबी गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology