Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

ऐसेलुखर्कमा सडक मर्मत सुरु

ऐसेलुखर्कमा सडक मर्मत सुरु

  • 328
    SHARES
  • ऐसेलुखर्कमा सडक मर्मत सुरु

    काठमाडौं । चाडबाड नजिकिँएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ ।

    आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठ्माडौं ओहोर-दोहार गर्ने सडक मर्मत तथा सरफाइ सुरु गरेको हो ।

    खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत-जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।

    गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँपालिका जोड्ने प्रमुख सडक सँगै गाउँपालिकाका ७ वडा जोड्ने सडक पनि मर्मत भइरहेको छ ।

    कतिपय ठाउँमा जेसिभि पठाए र कतिपय ठाउँमा गाउँ प्रहरी परिचालन गरेर सडक मर्मत भइरहेको छ । स्वयं गाउँपालिका अध्यक्ष राई पनि सडक मर्मतमा खटिने गरेका छन् ।

    उनले भने, ‘चाडबाड नजिकिएसँगै शहरबाट गाउँ फर्कने क्रम बाक्लिै गएको छ । पालिकाबासी आफ्नो घरसम्म सहज रुपमा यात्रा गर्न सकुन् । सहज रूपमा एम्बुलेन्सको आजत-जावत होस् भन्ने लक्ष्यका साथ सडक मर्मत सुरु गरिएको हो ।’

    गाउँपालिकामा वर्षाको भलपानी र पहिरोका कारण सबै सडक अवरूद्ध छ । सडक अवरुद्ध हुँदा सबैभन्दा बढी एम्बुलेन्स सञ्चालनमा कठिनाइ भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij