Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बाबुरामसँगको सहकार्य चुनावसम्मका लागि मात्र होइन : प्रचण्ड

बाबुरामसँगको सहकार्य चुनावसम्मका लागि मात्र होइन : प्रचण्ड

  • 505
    SHARES
  • बाबुरामसँगको सहकार्य चुनावसम्मका लागि मात्र होइन : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मको लागि मात्र नभएको बताएका छन् ।

    काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले डा.भट्टराईसँगको सहकार्य दीर्घकालीन रूपमा रहने बताए ।

    वैकल्पिक राजनीतिक पार्टी बनाउने बाबुरामको प्रयास र वामपन्थी शक्तिलाई नयाँ ढंगले अघिबढाउने आफ्नो प्रयत्न असफल भएपछि दुबैजना दीर्घकालीन सहकार्यतर्फ अघि बढेको प्रचण्डको भनाइ छ ।

    उनले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन । त्यो भन्दा धेरैमाथि उठ्न बल गरिएको छ । यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

    प्रचण्ड र बाबुराम एकै ठाउँमा हुँदा लाखौँ जनतामा उत्साह थपिने उनको भनाइ छ । दुई जनाको बानी व्यवहार नमिलेपनि एकअर्काको अभाव महशुस भएपछि दीर्घकालीन सहकार्यतर्फ अघिबढेको उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij