Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु 

अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु 

  • 1.1K
    SHARES
  • अमेरिकामा बालबालिकालाई पनि खोप लगाउन सुरु 

    वाशिंटन । अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मे १३ देखि फाइजर–बायोन्टेकको कोभिड–१९ खोप लगाउन सकिने गरी अमेरिकी नियामक निकायले आपतकालीन स्वीकृति दिएको छ । 

    बालबालिकाका लागि दिन स्वीकृत गरिएको फाइजर पहिलो खोप हो । यी उमेर समूहलाई खोप दिन सुरु गर्नु एउटा महत्वपूर्ण कदमको रुपमा लिइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बालबालिकालाई सुरक्षित राख्न खोप लगाउन चाहने अभिभावकका लागि यो निर्णय धेरै उत्साहजनक र महत्वपूर्ण रहेको छ । 

    अमेरिकामा १६ वर्षका किशोरकिशोरीका लागि पनि आपतकालीन स्थितिमा लगाउन खोप उपलब्ध छ । अमेरिकी खाद्य एंव औषधि प्रशासन केन्द्रका जैविक मूल्यांकन एवं अनुसन्धानका निर्देशक पिटर माक्र्सले कोरोना भाइरसको संक्रमण रोक्न र रोकथाम गर्न अमेरिकी केन्द्रका सल्लाहकार समितिको सल्लाह र निर्देशनपछि राज्यले आफ्ना बालबालिकालाई खोप लगाउन सक्ने बताएका छन् ।

    यस निर्देशन मे १२ मा जारी हुनेछ । 

     

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij