वेबटिभी खबर
पाकिस्तान । यसवर्षको मनसुनी वर्षामा आएको बाढीबाट ठूलो पुगेको क्षति पुगेको पाकिस्तानमा पछिल्ला केही हप्तायता आएर डेंगुको प्रकोप थप बढेको छ ।
पाकिस्तानका स्वास्थ्य अधिकारीहरूले जनाएअनुसार यहाँका बाढी प्रभावित क्षेत्रहरूमा डेंगुको प्रकोप बढेको र यसबाट मृत्यु हुनेहरूको संख्या पनि प्रतिदिन बढ्दै गएको छ ।
यसअघि मनसुनी वर्षा र बाढीबाट सबैभन्दा बढी प्रभावित देखिएका क्षेत्रमध्येको एक सिन्ध प्रान्तमा डेंगुबाट बढी प्रभावित देखिएको छ । यस प्रान्तमा डेंगुको ज्वरो बढेको र धेरै मानिस अस्पताल भर्ना भएका बताइएको छ ।
यस प्रान्तमा मात्र डेंगुको प्रकोपबाट गएको २४ घण्टा यतामात्र करिब चार सय जना संक्रमित भएका छन् । त्यसपछिको सबैभन्दा बढी प्रभावित प्रान्त कराँचीमा पनि गएको २४ घण्टायता यो संक्रमणबाट कम्तीमा पनि तीन सय ३० जना संक्रमित भएका बताइएको छ ।
सिन्ध प्रान्तको प्रान्तीय स्वास्थ्य विभागका प्रमुखले सिन्ध र कराँचीमा डेंगुका कारण संक्रमित मात्र नभएर मृत्यु हुनेहरूको संख्या पनि बढ्दै गएको बताएका छन् । यस वर्षको मनसुनी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका यी प्रान्तमा बाढीका कारण बढेको फोहर र अन्य कारणहरूले गर्दा यहाँ डेंगुको ज्वरोको प्रकोप बढेको बताइएको छ ।
यहाँ अहिलेसम्म आठ हजारजना भन्दा बढीमा यो प्रकोप देखिएको सिन्ध प्रान्तको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् । पाकिस्तानमा यस वर्षको मनसुनबाट प्रभावित अर्को प्रान्त खैबर पाक्थुन्क्वा हो र यहाँ पनि डेंगुको प्रकोप बढ्दो देखिएको छ ।
यहाँ पनि यसवर्ष मात्र कम्तीमा छ हजार जनामा यो संक्रमण देखिएको खैबरको स्वास्थ्य विभागका प्रमुखले जानकारी दिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij