Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

गोरखावासीलाई बाबुरामले भने– विकास र समृद्धिका लागि म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु

गोरखावासीलाई बाबुरामले भने– विकास र समृद्धिका लागि म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु

  • 461
    SHARES
  • गोरखावासीलाई बाबुरामले भने– विकास र समृद्धिका लागि म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत गृहजिल्ला गोरखावासीलाई सम्बोधन गर्दै आफू संसदमा नरहे पनि गोरखाको विकास र समृद्धिमा निरन्तर सक्रिय योगदान गरिरहने बताएका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा चुनाव नलड्ने घोषणा गरेका डा.भट्टराईले गोरखावासीलाई आश्वस्थ पार्दै आफू प्रधानमन्त्री, अर्थ मन्त्री र सांसद हुँदा सुरु गरेका दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू कुनै बनेका र केही सुरु भएका आयोजना पूरा हुन बाँकी रहको बताएका छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याउने डा.भट्टराईको भनाइ छ ।

    ‘मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिका लागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही सुरु भएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु,’ डा.भट्टराईले भने ।

    प्रतिनिधिसभा चुनाव नलड्ने डा.भट्टराईको घोषणा  प्रतिनिधिसभा चुनाव नलड्ने डा.भट्टराईको घोषणा 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij