Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पूर्वमन्त्री जेपी गुप्ता भन्छन्– देशका लागि बाबुरामको अनुभव तथा भूमिकाको उपयोग हुनु पर्दछ 

पूर्वमन्त्री जेपी गुप्ता भन्छन्– देशका लागि बाबुरामको अनुभव तथा भूमिकाको उपयोग हुनु पर्दछ 

  • 737
    SHARES
  • पूर्वमन्त्री जेपी गुप्ता भन्छन्– देशका लागि बाबुरामको अनुभव तथा भूमिकाको उपयोग हुनु पर्दछ 

    काठमाडौं । पूर्वमन्त्री जेपी गुप्ताले देशका लागि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको अनुभव तथा भूमिकाको उपयोग हुनुपर्ने बताएका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने  डा.भट्टराईको घोषणामाथि टिप्पणी गर्दै सामेबार सामाजिक सञ्जालमा पूर्वमन्त्री गुप्ताले सो कुरा बताएका हुन् ।

    गुप्ताले ट्वीटरमा लेखेका छन्, ‘राजनीति वा कुनै स्वेच्छिक सामाजिक दायित्व प्रारब्धको रूपमा कसका लागि चीरस्थायी रहन्छ र ? चुनाव लड्नु वा न लड्नु एक विषय हो, तर देशका लागि डा.बाबुराम भट्टराईको अनुभव तथा भूमिकाको उपयोग हुनुपर्दछ ।’

    डा.भट्टराईको प्रयत्नविना नेपालमा शान्ति टाढाको विषय हुन्थ्यो र आफू त्यसको साक्षी रहेको पनि गुप्ताले उल्लेख गरेका छन् । उनले भने, ‘म स्वयं साक्षी छु, उहाँको प्रयत्न बेगर देशमा शान्ति टाढाको विषय हुन्थ्यो । शुभ कामना छ डा.साहेब ।’

    डा.भट्टराई हाल नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्षको भूमिकामा छन् । गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट डा.भट्टराईले लगातार तीन पटकसम्म चुनाव जित्दै आएका थिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij