वेबटिभी खबर
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा भइरहेको जनाएको छ ।
महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ ।
मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बाग्मती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।
उनले भनिन्, ‘देशभर पानी परेको छ । मौसममा बदली भएको छ । पश्चिममा भारी वर्षा भइरहेको छ । पूर्वमा शनिबार बिहानसम्म पानी पर्छ, दिउँसोदेखि विस्तारै आकास खुल्दै जान्छ, पश्चिममा आइतबारदेखि मौसम विस्तारै खुल्दै जानेछ ।’
महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बंगलको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । देशभर सामान्यदेखि पूर्ण बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही तथा गण्डकी प्रदेशका थोरै, बाग्मती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij