वेबटिभी खबर
क्वीटो । इक्वेडरको एक जेलमा भएको दंगामा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । यहाँका जेल अधिकारीले बुधबार राति सो जेलमा भएको झडपका क्रममा ज्यान जानेको संख्या १३ पुगेको जनाएका हुन् ।
उनका अनुसार इक्वेडरको दक्षिणपश्चिमी शहरको गावाकील भन्ने स्थानमा रहेको जेलमा बन्दीहरूकाबीचमा झडप भएको थियो । सो झडपमा परेर बुधबार केहीको ज्यान गएको थियो । घाइतेहरूलाई अस्पताल राखिएकामा थपको मृत्यु भएको थियो ।
सो जेलमा प्राय लागूऔषधका कारोबारीहरूलाई राखिएको छ । उनीहरूका दुई पक्षका बीचमा सो झडप भएको बताइएको छ । त्यस झडपमा परेर अरू केही घाइते भएका पनि यहाँको जेल सेवाका अधिकारीहरूले जनाएका छन् ।
उक्त जेलमा रहेका दुई पक्षका बीचमा झडप भएपछि प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । तर ती दुवै पक्षले आपसमा झगडा गर्ने र जेलका पूर्वाधारहरू तोडफोड गर्न खोजेको थिए ।
यस देशमा यसै वर्षको फेब्रअरीदेखि देशका विभिन्न जेलमा तोडफोड सुरु गरेका छन् । तीमध्ये अधिकांश जेल लागूऔषधका कारोबारीहरू राखिएका जेलका रहेका छन् ।
यसरी भएका भिडन्तहरूमा परेर फेब्रुअरीदेखि अहिलेसम्म कम्तीमा पनि चार सय जनाले ज्यान गुमाएका यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij