Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

प्रचण्डलाई लिएर गोरखातर्फ लागेका बाबुरामले भने– नयाँ अध्याय थालनी गरियो

प्रचण्डलाई लिएर गोरखातर्फ लागेका बाबुरामले भने– नयाँ अध्याय थालनी गरियो

  • 460
    SHARES
  • प्रचण्डलाई लिएर गोरखातर्फ लागेका बाबुरामले भने– नयाँ अध्याय थालनी गरियो

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लिएर नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराई गोरखातर्फ लागेका छन् ।

    आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभातर्फ प्रचण्डले गोरखा २ बाट आज उम्मेदवारी दर्ता गर्दैछन् । सोही कार्यका लागि आइतबार बिहान प्रचण्ड र डा.भट्टराई गोरखातर्फ लागेका हुन् ।

    आइतबार ट्वीटरमा डा.भट्टराईले लेखेका छन्, ‘गोरखा–२ बाट क.प्रचण्डको उमेदवारी विधिवत प्रस्तुत गर्न सँगै गोरखातिर लागियो । उहाँका दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशिर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो । सबैको साथ र सहयोगको अपेक्षा !’

    गोरखा डा.भट्टराईको गृहजिल्ला हो । गोरखा २ बाट उनले लगातार ३ पटकसम्म चुनाव जितेका थिए ।

    प्रचण्ड र बाबुराम दुबै पूर्वप्रधानमन्त्री हुन् । लामो समय उनीहरूले एउटै पार्टीबाट राजनीति गरेका थिए ।

    पुनः एउटै पार्टीबाट राजनीति गर्ने सम्भावना बलियो हुँदै गएको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij