Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

गोरखा–२ मा मियाँको उम्मेदवारी दर्ता, प्रचण्डसँग प्रतिस्पर्धा 

गोरखा–२ मा मियाँको उम्मेदवारी दर्ता, प्रचण्डसँग प्रतिस्पर्धा 

  • 582
    SHARES
  • गोरखा–२ मा मियाँको उम्मेदवारी दर्ता, प्रचण्डसँग प्रतिस्पर्धा 

    गोरखा । प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

    २८ वर्षीय मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चुनावी प्रतिस्पर्धा गर्ने भएका हुन् ।

    मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    एमालेतर्फबाट प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर १ मा रामशरण बस्नेत, क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभामा सुरेन्द्र थापा, सोही क्षेत्रको ‘ख’ प्रदेश सभामा मोहन भट्टराई, क्षेत्र नम्बर २ को ‘क’ प्रदेशसभामा राजु राना र क्षेत्र नम्बर २ को ‘ख’ प्रदेशसभामा बसन्त गुरुङ प्रत्यक्षतर्फ एमालेबाट उम्मेदवारी र दर्ताको तयारीमा छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij