Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

विभिन्न स्थानमा ४ जना मृत फेला

विभिन्न स्थानमा ४ जना मृत फेला

  • 411
    SHARES
  • विभिन्न स्थानमा ४ जना मृत फेला

    काठमाडौं । देशका विभिन्न स्थानमा ४ जना मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका-२५ क्षेत्रपाटी न्हयोखामा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरूष मंगलबार मृत फेला परेका छन् ।

    धनुषाको जनकपुर उपमहानगरपालिका-८ बजरंग चौकस्थित सिरहा मिर्चैया नगरपालिका-१ मनहर्वा गाउँ बस्ने ४५ वर्षीय श्याम महतो मंगलबार मृत फेला परेका छन् ।

    झापाको अर्जुनधारा नगरपालिका-४ स्थित बिरिङ खोलाको किनारमा सोही नगरपालिका-५ कञ्चनबारी बस्ने ५० वर्षीया गंगा भण्डारी मंगलबार मृत फेला परेकी छिन् ।

    यसैगरी कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-४ कालिका टोल बस्ने ६५ वर्षीय लालु सार्की सोही नगरपालिका-४ लठ्ठाघाटस्थित माछापोखरीमा मंगलबार मृत फेला परेका छन् ।

    सोही नगरपालिका थापा चौराहबाट सोमबारदेखि हराई रहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र अस्थायी प्रहरी पोष्ट झोलुंगेबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त पोखरीमा उनको शव फेला पारेको हो ।

    सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij