वेबटिभी खबर
इराक । इराकका राष्ट्रपतिको निर्वाचन बिहीबार हुने भएको छ । इराकी संसद्ले बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने भएको हो ।
इराकी सभामुखले सो कुरा इराकको संसद्लाई मंगलबार जानकारी दिएका हुन् । उनले इराकी संसद्को मंगलबारको बैठकमा बिहीबार राष्ट्रपतिको निर्वाचन गर्ने कार्यक्रम रहेको जानकारी गराएका थिए ।
इराकी संसद्का सभामुख मोहमद अल हलबोसीले सो कुराको जानकारी गराएको हो । मंगलबार संसद्को नियमित पत्रकार सम्मेलनका क्रममा सभामुखले बिहीबारको संसद् बैठकमा राष्ट्रपति निर्वाचनको मात्र कार्यक्रम रहेको जानकारी दिए ।
सन् २००३ मा इराकमा भएको एक शक्तिको बाँडफाँट तथा हस्तान्तरणसम्बन्धी एक सम्झौताअनुसार राष्ट्रपति पद कुर्दहरूका लागि छुट्याइएको छ ।त्यसैगरी प्रधानमन्त्री सिया मुस्लिम समुदाय र इराकको सभामुख पद सुन्नी मुस्लिमहरूका लागि छुट्याइएको छ । सोहीअनुसार पदहरू बाँडफाँट हुँदै आएका छन् ।
इराकमा केही महिनायतादेखि राजनीतिक विवाद बढ्दै गएको छ । राजनीतिक विवादको कारण सिया र सुन्नी मुस्लिम समुदायका नागरिकहरूका बीचको आन्तरिक विवाद रही आएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij