Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

डुबानका कारण रोकिएको धनगढी विद्युत् प्राधिकरणको सेवा सञ्चालन

डुबानका कारण रोकिएको धनगढी विद्युत् प्राधिकरणको सेवा सञ्चालन

  • 354
    SHARES
  • डुबानका कारण रोकिएको धनगढी विद्युत् प्राधिकरणको सेवा सञ्चालन

    धनगढी । अविरल वर्षाका कारण डुबानमा परेर चार दिनदेखि रोकिएको नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको सेवा आजदेखि सञ्चालनमा आएको छ ।

    उक्त केन्द्रको कार्यालयमा बुधबारसम्म एक फिटसम्म पानी जमेको थियो । कार्यालयभित्र पूरै पानी जमेकाले काउण्टर सञ्चालन गर्ने सक्ने अवस्था नभएकाले  सेवा प्रवाहमा असर परेको हाे ।

    मोटर लगाएर पानी निकास गर्न लगाएपछि आजदेखि कार्यालयको सेवा सञ्चालन गरिएको उक्त केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले जानकारी दिए । उनले भने, ‘अझै पनि पूरै पानीको निकास नभएकोले विद्युतीय मोटर जडान गरेरै पानी निकास गराइरहेका छौं ।’

    कार्यालयको काउण्टर, नोलाईट भवन, मर्मत शाखालगायत पूरै कार्यालयमा पानी निकास हुन नसक्ने अवस्था भएपछि कार्यालयको सेवा सञ्चालनमा असर परेको  थियो । सबै स्टेशन अलिकति अग्लो ठाउँमा भएको हुनाले विद्युत् लाइन चाही चालु रहेको कार्यालय प्रमुख मण्डलको भनाइ छ ।

    हरेक वर्ष वर्षात्मा डुबान हुने गरेको कार्यालयको बारेमा पटक/पटक वर्षा सुरु हुनुभन्दा अगाडि धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधि, मन्त्रालय र आफ्नो माथिल्लो निकायमा जानकारी गराउँदै आएको तर अहिलेसम्म पनि समाधान हुन नसकेको उनले बताए ।

    यस्तै वर्षाकै कारण अत्तरिया क्षेत्रमा १०० केबीए, नेपाल टेलिकमको कार्यालय नजिक ३०० केबीए, बेलामा ५० केबीए र भन्सार रोडमा १०० केबीए क्षमताका गरी चार वटा टान्सफर्मर जलेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij