Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

  • 377
    SHARES
  • नेपालले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ ।

    पाकिस्तान फुटबल संघले बिहीबार राति सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालसँग मध्य नोभेम्बरबीचमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको जानकारी दिएको हो । 

    २०१८ मा बंगलादेशको ढाकामा भएको साफ च्याम्पियनसिपपछि पाकिस्तानले कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन । फिफाको प्रतिबन्धमा परेको पाकिस्तानले प्रतिबन्ध फुकुवा भएपछि पहिलो खेल खेल्न लागेको हो । 

    पाकिस्तानी महिला टिमले भने गत भदौमा नेपालमै भएको साफ च्याम्पियनसिप खेलिसकेको छ । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तान पुरुष टोलीले ६ हप्ताअघि खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेर बन्द प्रशिक्षण गरिरहेको छ । 

    नेपालले भने असोज ११ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा अन्जन विष्टले ह्याट्रिक गर्दा नेपाल ३–१ ले विजयी भएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij