वेबटिभी खबर
काठमाडौं । लोकप्रिय गायक मेक्सम खाती क्षेत्री र गायिका माया पुनको आवाजमा नयाँ लोकदोहोरी गीत ‘हैन होला र’ सार्वजनिक भएको छ ।
याे गीत छोटो समयमै लोकप्रिय भएको छ । उक्त गीतलाई दर्शक तथा स्रोताले मन पराएको गायक मेक्सम खातीले बताए ।
युट्युबमा दर्शकहरूले गीत मौलिक र फरक शैलीकाे रहेको टिप्पणी गरेका छन् ।
गीतकार नरेश खाती क्षेत्रीको शब्द तथा लयमा बजारमा आएको गीत माया पुनको प्रस्तुति हो ।
फरक–फरक शैलीको गीत सिर्जना गरेर चर्चा कमाएका नरेश खातीले यसपटक पनि भिन्न शैलीको गीत ल्याएका हुन् ।
गीतमा चर्चित नायिका शिल्पा पोखरेल र मेक्सम आफैंले अभिनय गरेका छन् । मौसम हिमालीले भिडियो निर्देशन गरेका हुन् ।
यो समाचार तयार पार्दामम्म उक्त गीत १,११,७६७ पटक हेरिएको छ ।
याे पनि
लोकगीतकाे क्षेत्र पहिलेभन्दा फराकिलो भएको छः मेक्सम खाती क्षेत्री
यस्तो छ भिडियो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij