वेबटिभी खबर
पाकिस्तान । पाकिस्तानका अर्थमन्त्री इशाक दारले आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र बहुपक्षीय दाताहरूलाई विनाशकारी बाढीको बीचमा आफ्नो नीति सहयोग परिमार्जन गर्न आग्रह गरेका छन् ।
मध्य पूर्व, उत्तर अफ्रिका, अफगानिस्तान र पाकिस्तानको बैठकमा बोल्दै मन्त्रीले बाढी प्रकोपका कारण उत्पन्न भएको पाकिस्तानको अवस्थाप्रति आफ्नो प्रतिक्रिया परिमार्जन गर्न आईएमएफलाई आग्रह गरेको जियो न्यूजले जनाएको छ ।
उनले कार्यक्रम पूरा गर्न पाकिस्तानको प्रतिबद्धताको संगठनलाई आश्वासन दिँदै आईएमएफबाट थप नीतिगत सहयोगको लागि आग्रह गरेका हुन् । वासिङ्टन भ्रमणका क्रममा दारले धेरै महत्त्वपूर्ण भेटघाट गरेका थिए ।
यसवर्षको मनसुनी वर्षामा आएको बाढी र पहिरोका कारण निकै क्षति पुगेकाले पाकिस्तान यतिबेला निकै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका थिए ।
उनले पाकिस्तानमा आएको बाढीले बाटोघाटोका साथै अन्य अत्यावश्यक भौतिक संरचनामा पनि क्षति पुगेको र अहिले विस्तारै त्यसको पुननिर्माण गर्दै अघि बढेको प्रधानमन्त्री सरिफले बताएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij