Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

  • 332
    SHARES
  • पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेपनि बाँकी क्षेत्रमा मौसम सफा छ । 

    दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ ।

    बुधबार पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij