Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेयमारको गोलमा पिएसजीको जित

नेयमारको गोलमा पिएसजीको जित

  • 320
    SHARES
  • नेयमारको गोलमा पिएसजीको जित

    काठमाडौं । नेयमारको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन पिएसजीले आइबार राति फ्रेन्च लिग वानमा ओलम्पिक डी मार्सलीलाई १–० ले पराजित गरेको छ । 

    १० खेलाडीमा सिमित मार्सिलीलाई हराउन नेयमारले पहिलो हाफको इन्जुरी समयमा केलिएन एम्बाप्पेको पास सदुपयोग गरे । 

    खेलको ७२औं मिनेटमा मार्सली दश खेलाडीमा सिमित भएको थियो । सामुयल गिगोले सिधै रातो कार्डको सामना गरेका थिए । यस खेलमा स्टार खेलाडी लियोनल मेस्सीले चोटपछि पुनरागमन गरेपनि गोलविहीन रहे । 

    जितसँगै पिएसजी ११ खेलबाट २९ अंक जोड्दै शीर्षस्थानमा छ । पराजित मार्सली समान खेलबाट २३ अंकसहित चौथो स्थानमा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij