वेबटिभी खबर
डोटी । डोटीमा परेको असिनासहितको पानीले धानबालीमा क्षेति पुर्याएकाे छ । मंगलबार जिल्लामा भार भारी वर्षा हुनुका साथै असिना परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श र सायल गाउँपालिकाका साथै जिल्लाका विभिन्न स्थानमा यतिबेला भारी वर्षासँगै असिना परको छ ।
आज अपरान्ह ४ बजेबाट असिना पानी परेको सुदूरपश्चिम प्रदेश सरकारकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।
उनले अहिले आफू डोटीको आदर्श गाउँपालिकामा रहेको र असिना पानीले ठूलो क्षति पुर्याएको बताइन् ।
केही दिन पहिले भएको अविरल वर्षाका कारण ठूलो क्षति पुगेकोमा आज अकल्पनीय रूपमा आएको असिना पानीले भित्र्याउने बेलाको धानमा क्षति पुर्याएको जोशीको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij