Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

यी चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

यी चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

  • 292
    SHARES
  • यी चार प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना 

    काठमाडौं । आज बिहीबार मुलुकका केही प्रदेशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

    पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँग केही क्षेत्रमा हल्का वर्षा हुने गरेको हो  ।

    महाशाखाका अनुसार राति पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

    शुक्रबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले आँकलन गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij