Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

सलमानलाई डेंगु, बिग बोस करणले होस्ट गर्ने

सलमानलाई डेंगु, बिग बोस करणले होस्ट गर्ने

  • 412
    SHARES
  • सलमानलाई डेंगु, बिग बोस करणले होस्ट गर्ने

    एजेन्सी, मुम्बई । बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो  ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगु भएको छ ।

    सलमानलाई डेंगु भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन् ।

    डेंगुले लामो समय अस्वस्थ बनाउने भएपछि सलमान केही समयका लागि आराम गर्नेछन् । करणलाई शोको होस्टको जिम्मेवारी दिने भनिए पनि करणको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन । तर निर्माताले भने करणले शो होस्ट गर्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

    करणले यसअघि पनि यो शो होस्ट गरिसकेका छन् । त्यो समयमा यो शो टेलिभिजनमा नभई ओटीटीमा रिलिज भएको थियो । सन् २०२१ मा पनि करणले यो शो होस्ट गरेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij