वेबटिभी खबर
बाग्लुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले लोकतन्त्र विरोधी पार्टी भएको आरोप लगाएका छन् ।
चुनावीसभा निसीखोलामा बोल्दै उनले नेकपा एमाले लोकतन्त्र विरोध पार्टी भएको आरोप लगाएका हुन् ।
‘हामीले लडेर ल्याएको व्यवस्थाविरुद्ध नेकपा एमाले छ,’ उनले भने, ‘७० वर्ष लामो सघर्षबाट प्राप्त संघीय लोकतन्त्रसहितको गणतन्त्र सक्काउन एमाले उद्दत छ ।’
उनले संसारभरको निर्वाचन व्यवस्थालाई हेरेर नेपालमा मिश्रित निर्वाचन प्रणाली ल्याएको बताए । ‘यो प्रणाली ल्याउन सात दशक संघर्ष गर्नुपर्यो’,उनले भने,‘यो प्रणालीमा भएका कमि कमजोरीलाई सच्चाएर जनताको हितमा लाग्दै समाजवाद उन्मुख राज्य प्रणालीमा जान्छौं ।’
बाग्लुङका जनताको मतले आफू मन्त्री भएको बताउँदै बाग्लुङकै विकासका लागि जीवन्त लागि परिरहने प्रतिबद्धता व्यक्त गरे । ‘म बाग्लुङकै मोटोमा जन्मिएको छोरा हुँ,’ उनले भने, ‘जिन्दगी नै राजनीति भनेर लागेपछि मैले व्यक्तिगत केही गर्नु छैन जनताकै पक्षमा काम गर्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij