Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

वर्षाका कारण अफगानिस्तान र आयरल्याण्ड बीचको खेल स्थगित

वर्षाका कारण अफगानिस्तान र आयरल्याण्ड बीचको खेल स्थगित

  • 302
    SHARES
  • वर्षाका कारण अफगानिस्तान र आयरल्याण्ड बीचको खेल स्थगित

    काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत शुक्रबारको लागि तय भएको अफगानिस्तान र आयरल्याण्डबीचको खेल स्थगित भएको छ ।

    वर्षाको कारण खेल सुरु हुनुअघि नै रद्द भएको हो । यसअघि अफगानिस्तानको न्युजिल्याण्डसँगको खेल पनि रद्द भएको थियो ।

    वर्षाका कारण अष्ट्रलियाको जनजीवनसमेत प्रभावित भएको छ । आयरल्याण्डले भने तीन खेलबाट ३ अंक हात पारेको छ ।

    टी-२० विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij