Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बम विस्फोट हुँदा कालीकोटमा दुईको मृत्यु, तीनजना घाइते

बम विस्फोट हुँदा कालीकोटमा दुईको मृत्यु, तीनजना घाइते

  • 363
    SHARES
  • बम विस्फोट हुँदा कालीकोटमा दुईको मृत्यु, तीनजना घाइते

    कालिकोट । कालीकोटको तिलागुफा नगरपालिका-१० रानावाडामा बम विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्  ।

    कोदोबारीमा बम विस्फोट हुँदा स्थानीय ४ वर्षीया झरना थापाको र सरस्वती रानाको मृत्यु भएको हो । बालिका थापाको घटनास्थलमै मृत्यु भएको हो भने रानाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेहरूमा तिलागुफा नगरपालिका-१० रानावाडका ७ वर्षका कमल थापा, वर्ष ५ का मुस्कान थापा, ३ वर्षकी दर्शना राना रहेका छन् । उनीहरूलाई उपचारका लागि  हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij